ओलीलाई यस्ता आरोप लगाउँदै पार्टी एकता जोगाउन नेपाल-खनाल पक्षको अपील (पत्रसहित)

काठमाडौं । नेकपा एमाले नेपाल-खनाल पक्षले पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन अपील गरेको छ ।

कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसका अवसरमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहित १५ जना नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै त्यस्तो अपील गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले पार्टी एकतालाई भत्काएको र संविधानमाथि आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

त्यस्तै अदालतले पार्टी नेकपा एकतालाई भंग गरेसँगै बाँकी रहेको एमालेको एकतालाई समेत भत्काउन ओली लागेको नेपाल-खनाल पक्षले आरोप लगाएको छ ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका एक वर्षमा हामीमाथि एकपछि अर्को सङ्कट आइपरेका व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले आफैले निर्माण गरेको संविधानमाथि आक्रमण गरेर संसद विघटन गर्नु भयो, पार्टी एकतालाई भत्काउनु भयो र संसदको बहुमत गुमाउनु भयो । र, अदालतले न्यायिक दायरा नाघेर गरेको राजनीतिक निर्णयले एकिकृत पार्टीलाई विभाजन गरेपछि बाँकि रहेको नेकपा एमालेलाई समेत विभाजन गर्न र कम्यनिष्ट आन्दोलनलाई विसर्जन गर्न पार्टी अध्यक्ष स्वयं नै सुनियोजितरुपले अगाडि बढिरहनु भएको छ । राजनीतिक घटना र कारणलाई हेर्दा नवौँ महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभाषपूर्ण निर्णयको परिणामका रुपमा आज पार्टीले यो दुर्भाग्य ब्यहोर्दैछ भन्ने स्पष्ट ।’ अपीलमा भनिएको छ ।

त्यस्तै ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको आरोप लगाउँदै त्यसले कम्युनिष्ट आन्दोलनलाई नै विसर्जनको दिशामा लगेको आरोप रहेको छ ।

‘के पी ओलीले हाम्रो पार्टी नेकपा एमालेलार्ई जुन दिशामा लैजाँदै हुनुहुन्छ त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्त्यतः कम्युनिष्ट आन्दोलनकै विसर्जनको दिशा हो ।’ अपीलमा भनिएको छ ।

त्यसैगरी पार्टी २०७५ जेठ २ को अवस्थामा आएको बताउँदै पार्टी एकता भत्किएपछि भएका ओलीका एकलौटी निर्णयहरु मान्य नहुने समेत बताउँदै पार्टी एकता जोगाउन आग्रह गरेका छन् ।

‘यस अवस्थामा हामी सम्पूर्ण पार्टी परिवार एकतावद्ध भएर पार्टी एकता जोगाउने काममा योगदान गर्न पार्टी स्थापना दिवसको यस गौरवपूर्ण दिनमा हामी नेकपा (एमाले) को सम्पूर्ण परिवारमा अपिल गर्दछौँ ।’ अपीलमा भनिएका छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/nepal_khanl_apeal-1.pdf” title=”nepal_khanl_apeal”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?