आजपनि शुरु भयो ओली नेपालबीचको छलफल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ । ओली नेपालबीच नागपोखरीस्थित होटल मेरियटमा छलफल शुरु भएको हो ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला ओली नेपालबीच हिजो बुधवार साँझ पनि भेटघाट भएको थियो । हिजो भएको वार्ताले दुई नेताबीचको लामो संवादहिनता तोडेको छ । पार्टी एकताकालागि निर्णायक मानिएको आजको वार्तालाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?