ओली-नेपालबीचको भेटघाटले पायो निरन्तरता : आजपनि भेट्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटघाटले निरन्तरता पाउने भएको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला ओली-नेपालबीच बुधवार साँझ भेटघाट भएको थियो । त्यस्तै आज पनि ओली नेपालको भेट हुन लागेको स्रोतले जनाएको छ ।

ओली-नेपालबीच केहिबेरमा होटल मेरियटमा भेटघाट हुन लागेको हो ।

नेपालले ओलीसँग भेटने भएपछि आफू निकटका नेताहरुसँग समेत छलफल गरेका छन् ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?