नायिका केकी अधिकारीको कोरोना रिपोर्ट नेगेटिभ, केही दिन आइसोलेसनमा बस्ने

लोकपथ
13
Shares

काठमाडौं । नायिका केकी अधिकारीले आफूलाई कोरोना पोजिटिभ देखिएको स्विकार गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै केकीले कोरोना पोजिटिभ देखिएको तीन दिनमै रिपोर्ट नेगेटिभ देखिएको बताएकी हुन् ।

उनले कोरोना रिपोर्ट नेगेटिभ आएपनि आफू केही दिन आइसोलेसनमा नै बस्ने जनाएकी छिन् । उनले लेखेकी छिन् चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु ।

केकीलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन स्थगित भएको थियो । उनले सबैलाई उच्च शर्तकता अपनाउन र ख्याल राख्न आग्रह गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?