विप्लव समूहका बझाङ जिल्ला कमिटी सदस्य कठायत रिहा, तीन जना अझै कारागारमा

RSS
0
Shares

बझाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन् । उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो ।

सरकारसँग विप्लव समूहको तीनबुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् । जिल्ला कारागारमा समूहका पाँच कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त भएका थिए । अझै तीन जना कारागारमै छन् ।

प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो । जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराइनाका साथै कोणसभासमेत आयोजना गरिएको थियो । सभामा कठायतले वार्तामा भएका हरेक सहमतिका बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?