आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीवार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्दि भएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो । त्यस्तै आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ प्रतितोला छापावाल सुन ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधवार (हिजो) मंगलवारको तुलनामा सुनको मूल्य एकैपटक १३ सयले वृद्धि भएको थियो । मंगलवार ९० हजार ७ सय रहेको सुनको मूल्य बुधवार ९२ हजार कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ९१ हजार ७ सय कायम भइ कारोबार भइरहेको छ ।

महासंघका अनुसार प्रतितोला चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएको छ । बुधवार चाँदीको मूल्य १३ सय १० रहेको थियो भने आज मूल्य वृद्धि भइ १३ सय ३५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?