पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज (बिहीवार) बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही बैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा. सरोज रोशन दासले जानकारी दिए । उनले बैशाख ३ गते नै संक्रमण पुष्टि भएर महिलालाई होम क्वारेन्टाइनमा राखिएको भए पनि स्वास्थ्य अवस्था बिग्रदैँ गएपछि अस्पतालको आइसीयूमा भर्ना गरी उपचार हुँदै आएको बताए ।
यसैसँगै कोरोना संक्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा ६ संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया