ओलीले भने- ‘नेपाल पक्ष अर्को पार्टी खोल्दै छन्, हामी फकाइरहेका छौँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आफूहरुले फकाइरहेको बताएका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपाल पक्षले देशभर पार्टी अर्कै पार्टी खोलेर हिँडेको आरोप लगाए ।

नेपाल पक्ष देशभर पार्टी विभाजनको गतिविधि गरिरहेपनि आफूहरु त्यसलाई भरसक रोक्ने प्रयास गरिरहेको बताए ।
ओलीले भने ‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौं’ ।

त्यस्तै आफू पक्षीय नेताहरु भरसक पार्टी विभाजनमा जान नदिनका लागि प्रतिवद्ध भएर लागेको बताए ।
‘अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भन्ने छ । ’ ओलीले भने ।

कार्यक्रममा बोल्दै नेपाल पक्षले पार्टीले भनेका कुरामा फलोरै क्रश गर्ने साथै पार्टी विधान विपरितका गतिविधि गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतैपनि देखिएको छैन बरु अलग भएका छन्, पार्टीभित्रै बस्ने, अनुशासनहीन काम गर्ने, फ्लोर क्रस गर्ने र कम्युनिस्ट पार्टीलाई गर्व गरेका छन् ।’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ।

बुधवार साँझ प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षबीच भेटघाट गरेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला ओली(नेपालबीचको भेटघाटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?