एमाले सबैभन्दा कठिन अवस्थामा छ, विवेक प्रयोग गरौँ : योगेश भट्टराई

लोकपथ
26
Shares

काठमाडौं – नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले नेकपा एमाले इतिहासकै कठिन मोडमा रहेको बताएका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि हिजो (बुधबार) एकल वार्ता भएको भोलिपल्ट भएको नेता भट्टराईको यो अभिव्यक्तिले एमाले साँच्चीकै फुटको डिलमा पुगेको अनुमानहरु हुन थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७२ औ स्थापना दिवसका अवसरमा आज (बिहीबार) शुभकामना दिँदै उनले नेपाली कम्युनिष्ट आन्दोलन लगातार एकता र विभाजनको श्रृखंला भोग्दै आएको पनि बताउँदै भनेका छन्, ‘एकता र विभाजनको लामो श्रृङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्न पक्ष बन्‍न पुगेको छ । यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहहरुमध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ।’

नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु गम्भीर बनौँ र विवेकसम्मत ढंगले अघि बढौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?