नक्कली नोटसहित तीन पक्राउ

RSS
0
Shares

इनरुवा । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए। पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट रु एक हजार दरका ४१५ थान बरामद गरेको कार्कीले जानकारी दिए ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?