२०७८,बैशाख,२९,बुधबार

कोरोना नियन्त्रणमा सरकार संवेदनशिल नबनेको सांसदहरुको आरोप


काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढेपनि नियन्त्रणको कदम चाल्न सरकारले उदासिनता देखाएको सांसदहरुले बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्दै सांसदहरुले कोरोनाको दास्रो लहर तिव्र गतिमा फैलिएको भएपनि यसको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासिनता देखाएको बताएका हुन् । कोरोनाको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्ने भएपनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरुको भनाई छ । सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशिल बन्न नसक्नु आश्चर्यको कुरा भएको बताए । अस्पतालहरुको अवस्था अझै सुधार नभएको भन्दै उनले सरकार आफैले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताए ।

सांसद अञ्जना विशंखेले दिर्घकालीन रोगका विरामीहरुका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताइन् । विगतमा क्वारेन्टिनका खानाका कारण समस्या भएको भन्दै आगामी दिनमा सुधार्नुपर्ने उनको भनाई छ । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीचमा समन्वय हुन नसकेको पनि उनले बताइन् । उनले प्रभावकारी अनुगमन प्रणाली नभएकाले आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

सांसद सरिता न्यौपानेले स्वाव संकलन, यातायात र भण्डारणमा समस्या भएका कारण यथार्थ रिपोर्ट आउन नसकेको भन्ने सुनिएकाले त्यसतर्फ सरकारले ध्यान पु¥याउनुपर्ने बताइन् । परीक्षणमा लापरबाही हुन नहुने पनि उनले बताइन् ।

सांसद एकवाल मियाँले पनि कोरोना नियन्त्रणका लागि तिनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । कोरोनाबाट बच्न आवश्यक मेडिकल सामाग्री तथा पूर्वाधारहरुको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्ने उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना संक्रमणदर वृद्धि भएसँगै काठमाडौं उपत्यकामा २ हजार आइसोलेसन बेड सञ्चालनमा ल्याइएको बताए । यस्तै सातवटै प्रदेशमा जम्मा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको पनि उनले जानकारी दिए । आइसोलेसन बेडलाई अस्पतालसँग जोडिने पनि बताए । केन्द्र सरकारले २ सय वटा भन्दा बढी भेन्टीलेटर जोडेको तथा प्रत्येक प्रदेशले ३० देखि ५० वटा भेन्टीलेटर किनेर राखेको पनि उनले बताए । केन्द्र सरकारले ४ सय भन्दा बढी आइसियु बेड थपेको र प्रदेश सरकारले २ सय देखि २ सय ५० वटा सम्म आइसियु बेड थपेको जानकारी गराए । आवश्यक औषधी र अक्सिजन भारत अथवा बंगलादेशबाट ल्याउने तयारी पनि गरिरहेको उनले बताए ।

प्रमुख विशेषज्ञ पोखरेलले अझैपनि जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेको बताउनुभयो । कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र अन्यले हेर्ने दृष्टिकोणमा फरक परेको पनि उनको भनाई छ । अहिलेको अवस्था गम्भिर भएकाले लकडाउन गर्ने अथवा विशेष क्षेत्र तोकेर लकडाउन गर्ने भन्ने विषयमा पनि भोलिको दिनमा सोच्नुपर्ने उनले बताए । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गराउन सकेमात्रै अहिलेको संकटलाई टार्न सकिने प्रमुख विशेषज्ञ पोखरेलको भनाई छ ।

प्रकाशित मिति: २०७८,बैशाख,८,बुधबार २१:०४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ । ललितपुरको बालकुमारीस्थित

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले आफूहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रोक्न राजीनामा दिनुपर्ने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । बुधवार गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्ती

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५