स्वर्गिय नेता जोशीको अभियानलाई निरन्तरता दिँदै परिवार

RSS
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई परिवारले निरन्तरता दिएको छ ।

बुधबार उनको परिवारले स्वायम्भुनाथ मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो ।
मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए । मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो । उनको निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन् । अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारिन् ।

जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ । बिहिबार स्वयम्भु मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान सेनीटाइजर वितरण गरिएको छ । जोशीको अभियानले निरन्तरता पाउने भएपछि स्थानीयले पनि खुसी व्यक्त गरेका छन् ।

यस अघि नेता जोशीको पहलमा कोरोना विरामीलाई विर र टिचिङ अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?