एमाले अध्यक्ष ओली र नेपालबीच भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं – पार्टी फुटको डिलमा पुगेको विश्लेषण भइरहेको बेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज (बुधवार) भेटवार्ता भएको छ ।

आज साँझ भएको भेटवार्तामा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ । उनीहरुबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भेटवार्ता भएको हो । ओली र नेपालबीच भेटवार्ता हुनु अघि एमाले सचिव योगेश भट्टराइले प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

त्यसपछि ओली र नेपालबीचको वार्ता तय भएको बताइएको छ ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन पछि ओली र नेपालबीच एक्ला एक्लै भेट भएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?