अष्ट्रेलियासहित ५ देशका लागि ‘नो अब्जेक्सन लेटर’ वितरण बन्द

लोकपथ
0
Shares

काठमाडौँ– अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) बन्द गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (बुधवार) विज्ञप्ति जारी गर्दै बैशाख ९ गते बिहिवार (भोलि) देखि लागू हुनेगरी अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र  (नो अब्जेक्सन लेटर) तत्कालका लागि बन्द गरेको हो।

पछिल्लो समय कोरोना संक्रमणको नयाँ ‘भेरियन्ट’ फैलिरहेकोले अर्का सूचना जारी नहुन्जेलसम्मको लागि यी पाँच देशका लागि चाहिने ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय भएको हो।

मन्त्रालयबाट जारी विज्ञप्तिमा हाल यी देशहरुमा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?