बझाङमा असिना, पाक्न लागेको बालीमा क्षति

लोकपथ
26
Shares

टेकसिँह धामी/धनगढी- बझाङमा असिना पानी पर्दा पाक्न लागेको बाली नस्ट भएको छ।

बुधबार दिउँसो बझाङमा हावाहुरीसँगै परेको असिनापानीले जिल्लाका अधिकाशं क्षेत्रको बाली, तरकारी नष्ट भएको छबिस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए।

‘सुख्खा मौसमका कारण त्यसै पनि यसवर्ष उत्पादन कम हुने आँकलन गरिएको थियो।’ अध्यक्ष धामीले भने, ‘त्यसैमा असिना पानी प¥यो, अब भोकमरी हुने देखिन्छ।’ यसअघि पनि बझाङका धेरै स्थानमा असिना पानी परेको उनले बताए ।

असिना पानीले गरेको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक कमल चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?