कागजमा पोको पारी राखेको नक्कली नोटसहित ३ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । सुनसरीमा नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका-४ स्टार होटल अगाडिबाट १ हजार रुपैयाँ दरको ४ सय १५ थान नेपाली नक्कली नोटसहित ३ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१९ बस्ने ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर गाउँपालिका-२ बस्ने २४ वर्षीय नजिम साफि र धरान उपमहानगरपालिका-१७ बस्ने महेन्द्र तामाङ रहेका छन् ।

नक्कली जाली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट कागजमा पोको पारी राखेको उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?