प्रभु बैंकको २१४ औं शाखा नुवाकोटको महादेवफाँटमा

लोकपथ
52
Shares

काठमाडौं । प्रभु बैंकले आफ्नो २१४ औं शाखा नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं ०७ स्थित महादेवफाँटमा सञ्चालनमा ल्याएको छ । आज(बुधवार) बैंकको महादेवफाँट शाखा कार्यालयको बागमति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले उद्घाटन गरेका हुन् ।

उक्त शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी पाण्डेले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको महादेवफाँट शाखाकार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले त्यहाँका स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वितहुने बैंकले जनाएको छ ।

स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै त्यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?