भारतको एक अस्पतालमा अक्सिजन अभाव हुँदा २२ जनाको मृत्यु

काठमाडौं । भारत महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन अभाव हुँदा २२ जनाको मृत्यु भएको छ । त्यहाँस्थित डा जाकिर हुसैन अस्पतालमा अक्सिजन अभाव हुँदा २२ जनाको मृत्यु भएको हो ।

अस्पतालमा अक्सिजन चुहावटको कारण आधा घन्टा आपूर्ति अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्पतालमा जम्मा १५० बिरामीहरू थिए जसमा २३ जना भेन्टिलेटरमा राखिएको समाचारमा जनाइएको छ ।

घटनाबारे छानबिन शुरू भएको र दोषीलाई कडा कारबाही गर्ने नासिक नगर निगमका आयुक्त कैलाश जाधवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?