किन बस्दैछिन् करिस्मा मानन्धर एकान्तबास ?

काठमाडौं । अभिनेत्री करिस्मा मानन्धर केहीदिन एकान्तबास बस्ने भएकी छिन् ।

कोरोना संक्रमणका जोखिम बढिरहेकोले केहिदिन आफू एकान्तबास बस्न लागेको जानकारी दिएकी छिन् ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेत्री करिस्माले कलाकार मदनकृष्ण श्रेष्ठको सपरिवार र नायीका केकी अधिकारीलाई समेत कोरोना संक्रमण देखिएकाले आफूलाई लक्षण नदेखिएपनि केहिदिन एकान्तबास बस्ने निर्णय गरेको बताएकी छिन् ।

उनले भनिन्- ‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकि बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु । सम्पुर्ण को सिघ्र स्वास्थ लाभको कामना गर्दछु । दिनहु दुई पटक बाफ लिने गरु । सबैलाई अन्य सम्पूर्ण सुरक्षा बिधिहरु अनिवार्य रूपमा अपनाउन अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?