१३ चैत्र २०७९, सोमवार

चैनपुरमा सुर्मादेवी मेला शुरु

२०७४,आश्विन,२०,शुक्रवार ०५:५०

0
Shares

बझाङ, २० असोज ।जिल्लाको सदरमुकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुर्मादेवी मेला बिहीबारबाट शुरु भएको छ ।वर्षेनी बडादशैँपछि कोजाग्रत पूर्णिमाका दिनमा लाग्ने सुर्मादेवी मेलामा सुर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै महिला पुरुषका डेउडा खेल भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ तीन दिनसम्म मनाइने गरिन्छ ।यस पटकको मेलामा अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता र महिला पुरुष डेउडा खेल र स्थानीय लोगसंस्कृति झल्कने गरी कलाकारले नृत्य प्रदर्शन गरिने कार्यक्रम रहेको सुर्मादेवी मेला व्यवस्थापन समितिका संयोजक तथा जयपृथ्वी नगरपालिका वडा नं १० का वडाध्यक्ष दलबहादुर विष्टले जानकारी दिए ।दशैँपछि सदरमुकाम चैनपुरमा मेला लाग्ने भएकाले जिल्लाका अधिकांश मानिस आफन्तसँग भेटघाट गर्नुका साथै मेला हेर्न चैनपुरमा आउने हुनाले ठुलो भीडभाड लाग्ने गर्दछ ।जात्रामा स्थानीय उत्पादित वस्तुको बजारसमेत लाग्ने गर्दछ । मेलामा मदिरा सेवन गरी होहल्ला गर्ने र यात्रुलाई असर पर्ने भएकाले यसपालिको मेलामा शान्ति सुरक्षालाई कडा पारिएको छ । मेलालाई मध्यनजर गरी चैनपुरको चार किल्लाभित्र मदिरा सेवन गरी होहल्ला गर्नेलाई रु दुई हजार २०० जरिवाना र मदिरा बिक्री वितरण गर्नेलाई रु पाँच हजार जरिवाना तोकिएको मेला व्यवस्थापन समिति सदस्य ललित सिंहले जानकारी दिए ।मेलामा भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु एकलाख एक हजार राखिएकाले ७ नम्बर प्रदेशका सबै जिल्लाबाट खेलाडी आउने क्रम जारी रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नरेश सिंहले बताए ।मेलाकै अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले आफ्ना सन्देशसहितका ब्यानरले सदरमुकाम चैनपुरलाई दुलहीझैँ सजाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६