माओवादी केन्द्रको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

‘वर्तमान केपी ओली प्रधानमन्त्री रहेको यो सरकारलाई हाम्रो पार्टीको समर्थन रहेको बारेमा औपचारिक जानकारी दिने प्रश्न हो । त्यो बारेमा कहिले दिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?