त्रिकोणात्मक सिरिज : मलेसियालाई १२० रनको चुनौती

लोकपथ
0
Shares

काठमाडौं । वर्षाका कारण १३ ओभरमा झरेको आज (बुधवार)को मलेसियाविरुद्ध नेदरल्याण्ड्सको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १२० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर बलिङ रोजेको मलेसियाको शुरुवाती बलिङ राम्रो रहेको थियो। आफ्नो विस्फोटक ओपनर म्याक्स ओ डाउड बिना नै खेलमा उत्रेको नेदरल्याण्ड्सको सुरुवाती ब्याट्सम्यानहरुलाई मलेसियाले सस्तो मै पविलियन फर्काएको थियो।

२२ रनको स्कोरमा ३ विकेट गुमाएको नेदरल्याण्ड्सको पारी बेन कुपर र कप्तान पीटर सिलारले सम्हालेका थिए । पीटर र बेन बीच ६६ रनको साझेदारी जमेको थियो। कुपरले लगातार खेलमा अर्धशतक पनि प्रहार गर्न सफल भए। उनले आज ३२ बलमा ५४ रनको पारी खेले।

पछिल्लो म्याचमा नेपालविरुद्ध ८१ रन प्रहार गरेका बास डे लिडे आज भने खाता नै नखोली आउट हुन पुगे ।

मलेसियाको लागि मोहम्मद वफिकले ३ ओभर गर्दै मात्र १३ रन खर्चेर २ विकेट लिन सफल भए।

डक्वार्ड लुइस मेथोड का कारण जवाफमा मलेसियाले १३ ओभरमा १२० रनको लक्ष्य पूरा गर्नु पर्ने छ। मलेसियाको ब्याटिङ भर्खरै शुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?