डलरको लोभमा डरलाग्दो गरी फस्दैछन् बालबालिका, सावधान ! विदेशीबाट बढ्दैछ बाल यौन दुर्व्यवहार

काठमाडौं । नेपालमा वर्षेनी बालबालिका बलात्कार र यौन दुर्व्यवहारको शिकार हुने गरेका छन् । मुख्यतया प्रविधिको विकास र सामाजिक सञ्जाल, गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले अझै पनि बालबालिकाहरु बलात्कार र यौन दुर्व्यवहारको शिकार हुने गरेका छन् ।

पछिल्लो समय विदेशी नागरिकहरुबाट बाल यौन दुर्व्यवहार भइरहेको घटनाहरु बाहिरिरहेका छन् । अझ प्रहरीको तथ्यांकले त डलरको लोभमा डरलाग्दो गरी बालबालिकाहरु फस्ने गरेको तितो यथार्थ समेत छर्लंग पारिदिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार नेपालमा बाल यौन दुराचार सम्बन्धी घटनाहरू बाहिरिने क्रम बढ्दो अवस्थामा छ ।

Sexual Abuse: A Societal Evil That Must Stop Now | Pintas & Mullins Law Firm

गत ७७ साल चैत १७ गते मात्रै यौन दुव्यवहारको घटना बाहिरियो । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका १८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेका ति व्यक्ति सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहँदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजालमार्फत् सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको लगायतका तथ्य प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोको तथ्याङ्क हेर्दा विदेशीबाट विभिन्न लोभलालच देखाएर बाल यौन दुव्यवहार हुने क्रम बढीरहेको छ । पछिल्लो ५ वर्षको तथ्याङ्कलाई हेर्दा १६ जना विदेशी नागरीक पक्राउ परेका केन्द्रिय अनुसन्धान ब्यूरोकी प्रवक्ता प्रहरी उपरीक्षक एसपी गंगा पन्तले लोकपथलाई जानकारी दिइन् ।

पछिल्लो ५ वर्षमा अमेरिकाका ३ जना जर्मनका ४ जना अस्ट्रिया १ जना नेदरल्याण्डका २ जना फ्रान्सका ४ जना बेलायत, भारत, क्यानडा,अस्ट्रेलियाका एक एक जना पक्राउ परेका छन् ।

पक्राउ परेका विदेशी नागरीकहरुको देशको आधारमा वर्गिकरण यस्तो छ :

सि.नं देश सङ्ख्या
१. USA
२. NEPAL
३. GERMANY
४. AUSTRIA
५. NETHERLAND
६. FRANCE
७. U.K
८. INDIA
९. CANADA
१०. AUSTRALIA
जम्मा २०

 

 

  • सारांश
सि.नं. बिबरण आर्थिक बर्ष नेपाली नागरिक पक्राउ विदेशी नागरिक पक्राउ कुल जम्मा
पुरूष महिला जम्मा पुरूष महिला जम्मा
1 बाल यौन दुराचार २०७३/०७४
2 २०७४/०७५
3 २०७५/०७६
4 २०७६/०७७
5 २०७७/०७८
6        जम्मा     १६   १६ २०

राष्ट्रिय बालअधिकार परिषद्का अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको फागुन महिनासम्मको अवधिको स्थिति विश्लेषण गर्दा २०६ बालिकामाथि बलात्कार भएका घटना बाहिरिएका छन्। कति घटना गुपचुप पनि पारिए होला ।

फागुन महिनासम्ममा २०६ जना बालिका बलात्कृत भएका राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले लोकपथलाई जानकारी दिए । पछिल्लो समय मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन्।

चालू आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिको स्थिति विश्लेषण गर्दा चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएको समितिको रिपोर्ट छ।

सबै भन्दा बढी चिनजानको व्यक्तिबाटै बलात्कारको घटना हुने गरेको उनले बताए । चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएका छन् । त्यस्तै छिमेकीबाट १९, आफ्नै बुबा तथा हाडनाताबाट १७, प्रधानाध्यापक तथा शिक्षकबाट ६ जना सरकारी कर्मचारीबाट ३ जना , घरेलु बालश्रममा रहेका चार र अपरिचित व्यक्तिबाट ११ बालिका बलात्कृत भएका छन् सूचना अधिकारी चन्दले बताए।

हाडनाताबाट बलात्कार भएका १७ बालिकामध्ये ९ जना बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन् ।

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा पाँच वर्ष वा सो भन्दामुनि ९, ६ देखि १० वर्षका १९, ११ देखि १४ वर्षका ४४ र १५ देखि १८ वर्षका २५ बालिका रहेका छन् ।

Sexual abuse rife at Ugandan university, report finds | Times Higher Education (THE)

सबैभन्दा कम उमेरको महोत्तरीमा आठ महिने बालिकालाई अपहरणपश्चात् बलात्कार गरी हत्या गरिएको छ भने ११ देखि १४ वर्ष उमेरका बालिका धेरै सङ्ख्यामा बलात्कारबाट पीडित भएका छन् ।

बलात्कार एक गम्भीर अपराध हो । बलात्कारले पीडित महिलालाई शारीरिक पीडा मात्रै नभएर मानसिक र संवेदनात्मक पीडा दिनुका साथै उसको चरित्रमाथि पनि ठूलो प्रश्न चिह्न खडा गरिदिन्छ।

नेपालमा नाबालिकादेखि ७०–८० वर्षीया वृद्धा हजुरआमा समेत बलात्कार अनि यौनजन्य हिंसाको शिकार हुने गरेका छन्। यौनजन्य दुव्यर्वहार गर्नेहरुमा अधिकांश आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको पाइन्छ । यौनजन्य दुव्यर्वहारको प्रमुख निशानामा अधिकांश नाबालिका, बालिका र किशोरीहरु नै पर्ने गरेका छन् ।

 

यसरी सकिन्छ बचाउन : 

बालबालिका के कस्ता सामाजिक सञ्जालमा संलग्न छन् अभिभावकले निगरानी राख्नुपर्छ ।

बालबालिकाको संगत, आनीबानी, चासो रुचीका विषयमा पनि ध्यान दिनुपर्छ ।

आफ्ना बालबालिका कुनै लोभलालचमा फस्दैछन् की उनीहरुमाथि मायासँगै शंकाले पनि हेर्नुहोस् ।

बालबालिका अन्य देशका नागरिकसँग कत्तिको घुलमिल भएका छन्, उपहार वा खेलौना दिने नाममा वा पुस्तक तथा पाठ्यसामाग्री दिने

  • बाल यौन दुव्यर्वहार भनेको के हो ?

-कसैले बालबालिकालाई फकाएर ,डर देखाएर ,धम्काएर ,प्रलोभन वा अनुचित प्रभावमा पारेर निम्न क्रियाकलाप गर्छ भने त्यो बाल यौन दुव्यर्वहार हो ।

-बालबालिकालाई अश्लील पत्र पत्रिका,तस्विर ,चलचित्रमा प्रयोग गर्नु वा त्यस्ता कुराहरु देखाउनु र सिकाउनु ।

-यौन आनन्द ,संतुष्टीका निमित बाबालिकाको गुप्ताङ्ख वा शरीरको कुनै पनि भागमा छुनु,घर्षण गर्नु ,चुम्बन गर्नु वा गर्न लगाउनु ,

-बाल यौन शोषण गर्ने वा गराउने ,वेश्यावृति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने,

-बालबालिकासँग कुनै पनि माध्यमबाट अश्लिल शब्द बोल्नु बोल्न लगाउनु ।

-बाल यौन दुव्यर्वहार कुनैपनि बालबालिकाको गल्ती होइन ,यो बाल अधिकारको उल्लंघन र फौजदारी अपराध पनि हो ।

बाल यौन दुव्यर्वहारबाट बच्न के गर्ने ?

-आफ्नो शरीरलाई अनावश्यक रुपमा सकेसम्म कसैलाई छुन नदिने किनभने ,आफ्नो शरीरमा आफ्नो मात्र अधिकार हुन्छ ।

-यदि कस्रले छुन खोजेमा आफुलाई मन नपरेको प्रतिकृया दिर्ने हुदैन भन्ने ।

-कसैले जबरजस्ती गरेको खण्डमा ,भाग्ने ,चिच्यायर अरुको सहयोग माग्ने ,आत्मरक्षाको उपाय अपनाउने ।

-यदि घट्ना भइसक्यो भने लुकाएर नराख्ने आफ्नो अभिभाबक ,शिक्षक वा विश्वासिलो कुनै जिम्मेवार व्यर्तिलाई भन्ने
सकेसम्म एक्लै नबस्ने

-प्रहरीलाई १०० मा फोन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?