विमानस्थलबाट १२२ जनालाई फर्काइयो, नक्कली पीसीआर भएको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देश जान लागेका १२२ जनालाई फर्काइएको छ ।

विमानस्थललले कोरोनाको नक्कली पीसीआर रिपोर्ट भएको आशंकामा उनीहरुलाई उड्नबाट रोकिएको हो ।

विमानस्थल प्रशासनका अनुसार सिनामंगलस्थित सुरिया हेल्थ केयरबाट परीक्षण गरिएको पीसीआर रिपोर्ट लिएर विदेश जान लागेका थिए ।

मंगलवार मात्रै उक्त प्रयोगशालाबाट नक्कली पीसीआर परीक्षणको रिपोर्ट गरेको आरोपमा ६ जना पक्राउ परेका थिए ।

विदेश जानेहरुले पनि नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उनीहरुलाई रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?