अमेरिकामा जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी दोषी ठहर

लोकपथ
13
Shares

काठमाडौं । अमेरिकामा अफ्रिकी अमेरिकी मुलका जर्ज फ्लोइडको हत्या अभियोग लागेका एकजना पूर्व प्रहरी अधिकारी दोषी ठहर भएका छन् ।

त्यहाँको न्यायिक छानविन जुरीले ४५ वर्षीय प्रहरी अधिकारी डेरेक शोभिनलाई दोषी ठहर गरेको हो ।
गत वर्ष मिनिआपोलिसको सडकमा फ्लोइडको गिरफ्तारीका बेला नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले उनको घाँटी थिचेको भिडियो भाइरल बनेको थियो । उक्त भिडियो भाइरल भए लगत्तै विश्वका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो ।

शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ। जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानूनी हत्या रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शोभिनलाई जेल सजाय नतोकिँदासम्म उनी हिरासतमै रहनेछन् र दशकौंसम्म जेल जीवन बिताउनुपर्ने हुनसक्ने समाचारमा जनाइएको छ ।

फ्लोइड परिवारका वकिल बेन क्रम्पले उक्त निर्णय अमेरिकाको निम्ति इतिहासको घुम्ती भएको टिप्पणी गरेका छन्।

राष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिस, पूर्वराष्ट्रपति बराक आबोमा लगायतले अदालतको निर्णयप्रति प्रसन्नता प्रकट गरेका छन् ।

  • बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?