हेटौँडा र वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

RSS
0
Shares

काठमाडौं । मकवानपुरको हेटौंडामा र पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

कोरोना पृष्टि भएका हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको आज बुधवार मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना संक्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम वढेको छ ।

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मंगलवार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा. सरोज रोशन दासले जानकारी दिए । उनले पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?