भारतमा कोरोना : एकैदिन झण्डै तीन लाखमा संक्रमण, २ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा भण्डै ३ लाख जनामा कोरोना संक्रमण पुष्टि र २ हजार भन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन २ लाख ९५ हजार ४१ जना संक्रमित थपिएका छन् भने २ हजार २३ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित थपिएकोे यो पहिलो पटक हो ।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५७ हजार ५३८ पुगेको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार १०३ पुगेको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५३३ पुगेको छ । त्यहाँ हालसम्म १३ करोड १ लाख १९ हजार ३१० जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?