एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो । भने आज सुनको मूल्य तोलमा १३ सयले वृद्धि भइ प्रतितोला सुन ९२ हजार कायम भइ

कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो भने आज मूल्य वृद्धि भइ चाँदीको मूल्य १३ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?