त्रिकोणात्मक सिरिज : मलेसियालाई पराजित गरे नेदरल्याण्ड्स फाइनलमा

लोकपथ
0
Shares
काठमाडौं । बजाज पल्सर ट्राई नेसन्स टी-ट्वेन्टी सिरिजमा आज (बुधवार) नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
यस शृङ्खलाको ५औं खेलमा आज मलेसिया र नेदरल्याण्ड्स त्रिवी क्रिकेट मैदानमा अपरान्ह १२:१५ बजे आमने सामने हुँदै छन्।
हिजोको खेलमा आयोजक राष्ट्र नेपालमाथि भव्य जीत निकालेको नेदरल्याण्ड्सको टोलीले आज मलेसियालाई हराउँदै फाइनलको यात्रा तय गर्ने दाउमा मैदान प्रवेश गर्ने छ।
नेपालले प्रस्तुत गरेको २०७ रनको विशाल लक्ष्य नेदरल्याण्ड्सले ३ बल र ३ विकेट बाँकी रहँदै आफ्नो पक्षमा पार्न सफल भएको थियो । नेदरल्याण्ड्सका बास डे लिडेको उत्कृष्ट ब्याटिङ प्रदर्शनको कारण नेदरल्याण्ड्स नेपाल माथि हावी भएको थियो।
प्रतियोगितामा आफ्नो पहिलो जीत निकाल्ने उद्देश्यका साथ मलेसियाको टोली मैदानमा उत्रने छ। पहिलो खेलमा नेदरल्याण्ड्स विरुद्ध १५ रनले पराजय भोगेको मलेसियाले आफ्ना गल्तिहरु दोहोर्याउन चाहने छैन।
नेदरल्याण्ड्सविरुद्ध मलेसियाका विरनदीप सिंहले उत्कृष्ट ब्याटिङ गरेका थिए। उता नेदरल्याण्ड्सका म्याक्स ओ डाउडले पनि मलेसियासँगको खेलमा १३३ रनको अविजित पारी खेलेका थिए।
नेपाल विरुद्ध मलेसियाको ब्याटिङ यूनिट खासै चलेको थिएन। १०९ रनमै समेटियो मलेसियाको चुनौतीलाई नेपालले १२.१ ओभरमा नै पूरा गरेको थियो।
आयोजक राष्ट्र नेपालसँग पहिलो खेलमा हार बेहोरेको नेदरल्याण्ड्सको टोलीले दोस्रो खेलमा नेपाललाई पराजित गर्न सफल भएको थियो। यो जीत सहित नेदरल्याण्ड्सका खेलाडीमा अझै आत्मविश्वास र ऊर्जा थपिएको छ। मलेसियालाई हराउँदै फाइनलको यात्रा तय गर्न नेदरल्याण्ड्स उत्सुक देखिन्छ।
हिजोको हारसँगै नेपाल आईसीसी बर्यतामा फेरि एक खुड्किलो तल झरेको छ। स्कटल्याण्ड नेपाललाई उछिन्दै १४औं स्थानमा आएको हो।
नेपालले समूह चरणको आफ्नो अन्तिम खेल भोलि मलेसियाविरुद्ध त्रिवी मैदानमा खेल्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?