आईपीएल २०२१ : साविक विजेता मुम्बईको हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राती सम्पन्न खेलमा साविक विजेता मुम्बई इण्डियन्स दिल्ली क्यापिटल्स सँग ६ विकेटले पराजित भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रनमा रोकिएको थियो । ओपनर आएका मुम्बईका कप्तान रोहित शर्माले ३० बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४४ रनको पारी खेलका थिए । मुम्बईलाई सस्तैमा समेट्न दिल्लीका स्पिनर अमित मिश्रा वरदान सावित भए । मिश्रा ले प्रमुख ३ आक्रामक ब्याट्सम्यानको विकेट लिए पछि मुम्बईलाई रन जोड्न निकै संघर्ष गर्नु परेको थियो ।

१३८ रनको जित लक्ष्य बोकेर ब्याटिङमा उत्रेको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि यो जीत दिल्लीको पोल्टामा गएको हो । दिल्लीका शिखर धवनले ४२ बलमा ५ चौका र १ छक्का सहित ४५ रन जोड्न सफल भएका थिए भने, दोस्रो विकेटका लागि धवन र स्मिथले ५३ रनको साझेदारी गरेका थिए ।

४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिन सफल दिल्लीका स्पिनर अमित मिश्रा हिजोको खेलमा म्यान अफ दि म्याच घोषित भए । दिल्ली ४ खेलमा १ मा हार सहित ३ जीत निकाल्दै ६ अंक बटुलेर दोस्रो स्थानमा छ भने बेङ्गलोर मात्र ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा छ ।

आज हुने खेलहर मध्ये पहिलो खेल पंजाब किङ्स र सन्राइजर्स हैदराबाद बीच चेन्नईमा हुँदै छ भने दोस्रो खेल कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स बीच मुम्बईमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?