आज रामनवमी पर्व श्रद्धापूर्वक मनाइँदै

काठमाडौं । आज रामनवमी पर्व देशभर पूजाआजा गरि मनाइँदैछ ।

चैत्र शुक्ल पक्षको नवमी तिथीमा पर्ने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजाआजा गरि मनाइँदैछ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइने गरेको हो ।

हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

यस वर्ष भने कोरोना संक्रमणको महामारीका कारण श्रद्धालु भक्तजनहरुको अघिल्ला वर्षहरुमाझैँ बाक्लो उपस्थिति हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?