२०७८,बैशाख,२९,बुधबार

वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह


काठमाडौं । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

प्रकाशित मिति: २०७८,बैशाख,७,मंगलवार २३:१३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

काठमाडौं । कारोबारमा उतारचढावका बीच बुधवार शेयर बजार बन्द हुँदा हरियो देखिएको छ । बुधवार शेयर बजार परिसूचक नेप्से ०

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ३

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा कायम भएको छ

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५