इन्सेकको प्रतिवेदन : चैत महिनामा मात्रै सय जना पीडित

RSS
0
Shares

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक महिनामा विभिन्न घटनामा परी १०० जना पीडित भएको जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको चैत मासिक प्रतिवेदनमा १९ जना पुरुष र ८१ जना महिला गरी १०० पीडित भएको उल्लेख छ ।

प्रतिवेदनमा अनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २१ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा सात जना पीडित भएका छन् । त्यसैगरी बागमती प्रदेशमा २० जना, प्रदेश १ मा १७ जना, प्रदेश २ मा १४ जना, गण्डकी प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा आठ जना पीडित भएका छन् ।

चैत महिनामा एक जनालाई गिरफ्तार गरिएको छ भने एक जना महिलासहित नौ जनालाई कुटपिट गरिएको उल्लेख छ । त्यसैगरी गोलीबाट दुई जना, प्रहरीले कुटपिट गरेर दुई जनासहित पाँच जना घाइते भएका थिए । परिवारजनबाट एक नवजात शिशुसहित १० जना, बलात्कारपछि एक र यौन दुव्र्यवहारपछि एकको हत्यासहित १२ जनाको हत्या गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?