२०७८,बैशाख,२९,बुधबार

बागमती प्रदेशको सातौँ अधिवेशन अन्त्य


बागमती । बागमती प्रदेशसभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरी आएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । प्रदेशसभाको चालू बैठक गत वैशाख २ गते सञ्चालन भई अर्को सूचना जारी नभएसम्मका लागि भनी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रकाशित मिति: २०७८,बैशाख,७,मंगलवार २०:४९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ । ललितपुरको बालकुमारीस्थित

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख

काठमाडौं । काठमाडौंमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३० हजार ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले आफूहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रोक्न राजीनामा दिनुपर्ने बताएका छन् ।