अमेरिकाद्वारा आफ्ना नागरिकलाई अनुरोध – ‘खोप लगाउनेहरु पनि भारत नजानू’

लोकपथ
0
Shares

काठमाडौं – भारतमा दैनिक २ लाखभन्दा बढीको दरले कोरोना संक्रमितहरु थपिइरहेका कारण अमेरिकाले कोरोनाविरुद्धको खोप लगाएका आफ्ना नागरिकलाई पनि भारत नजान अनुरोध गरेको छ ।

कोरोनाको नयाँ रुप ‘डबल म्युटेन्ट भेरियन्ट’ का कारण धेरै संक्रमित बनिरहँदा अमेरिकाले आफ्ना नागरिकलाई कोरोना खोप लगाएता पनि तत्काल भारत भ्रमणका लागि नजान सुझाव दिएको हो।

अमेरिकाको सरुवा रोग नियन्त्रण गर्ने संस्थाले भारतमा तत्काल जाँदा कोरोना संक्रमण फेरि हुने खतरा भएको जनाउँदै कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो सूचीमा रहेको भारत भ्रमणमा आफ्ना नागरिकलाई रोक लगाएको हो ।

गएको २४ घण्टामा मात्र भारतमा २ लाख ५९ हजारभन्दा बढी कोभिडका संक्रमित थपिएका छन्। सोही अवधिमा १७ सय ६१ को ज्यान गएको छ। यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ५३ लाखभन्दा बढी पुगेको छ। १ लाख ८० हजारभन्दा बढीको कोरोनाको कारण ज्यान गएको छ।

छिमेकी भारतमा तिव्र रुपमा फैलिएको कोरोना संक्रमणको प्रभाव नेपालमा पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?