कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने ४ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं–प्रहरीले कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपका ४ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले नक्कली पीसीआर रिपोर्ट बनाउन संलग्न सिनामंगलस्थित सुरिया हेल्थ केयरका ३ जना कर्मचारी र त्यसमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको हो । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो हेल्थ केयरमा छापा मार्दा ४ जनालाई पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले लोकपथलाई बताए ।

स्वाब नै नलिइकन सो हेल्थ केयरले ४ वटा नक्कली पीसीआर रिपोर्ट तयार पारेको फेला परेको खापुङले जानकारी दिए । त्यसबारे थप अनुसन्धान भइरहेको पनि खापुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?