नेपाल पक्षले स्पष्टीकरण बुझाउने

लोकपथ
0
Shares
फाइल तस्वीर

काठमाडौं–नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीले नेपालसहित उनको समूहका २७ जना संघीय सांसदलाई  स्पष्टीकरण पत्र  पठाएका  थिए ।

त्यस लगत्तै नेपाल पक्षीय सांसदहरुको आज बसेको आकस्मिक बैठकले व्यक्तिगत रुपमा स्पष्टीकरण सोधेकाले सवै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् ।

बैठकमा अध्यक्ष ओलीले पार्टीमा मनोमानी गरिरहेको र उनी पार्टी विभाजनको पक्षमा लागेको नेताहरुले बताएका थिए । अध्यक्ष ओलीले आज नेपाल पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टीकरण दिन भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?