आइपीएलमा मंगलवार मुम्बई र दिल्ली भिड्दै

काठमाडौँ- गत संस्करणका दुई फाइनालिस्ट टोली मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच आज (मंगलवार) प्रतिस्पर्धा हुँदैछ।

चेन्नईको चेपाकमा हुन लागेको आइपीएल २०२१ को १३औं खेल मुम्बई र दिल्लीको २०२० को फाइनलपछिको पहिलो भेट हो। दुबै टोलीले अहिलेसम्म ३ खेल खेल्दै २ खेलमा जीत निकालेका छन्। मुंबईको सबै खेल चेपाकमै खेलिएको छ। जसमा मुम्बईले बलिङमा प्रशंसनीय प्रदर्शन पेश गरेको छ।

ब्याटिङमा मुम्बईले अहिलेसम्म सोचे जस्तो प्रदर्शन देखाउन भने सकेको छैन। सूर्य कुमार यादवको कोलकाता विरुद्धको ५६ रनको पारी मुम्बई टोलीको एक मात्र अर्धशतकीय पारी रहेको छ। उता दिल्लीले भने आफ्ना ३ खेल मुम्बईको वाँखेडे मैदानमा खेलेको थियो जहाँ ब्याटिङ गर्न चेन्नई भन्दा निकै सरल छ।

चेन्नईका पिचहरु मुंबईको भन्दा निकै स्लो र ड्राई छन्। यसमा स्पिनर्सलाई केही हदसम्म फाइदा मिल्ने छ। ३ खेलमा ११ ओभर गर्दै मात्र १ विकेट लिन सफल भएका दिल्लीका स्पिनर रविचन्द्र आश्विन आफ्नो घरेलु मैदानमा बलिङ गर्न आतुर रहने छन्।

भर्खरै सम्पन्न इंग्ल्याण्ड विरुद्धको टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका आश्विन चेन्नईको विकेटसँग निकै नै चिरपरिचित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?