राहुल गान्धीलाई कोरोना संक्रमण, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौँ- भारतीय कांग्रेसका सांसद राहुल गान्धीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

सांसद गान्धीले मंगलवार दिउँसो ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सावधान हुन र परीक्षण गराउन समेत आग्रह गरेका छन्। उनी पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरल, पश्चिम बंगाल, असम, तमिलनाडु लगायतका क्षेत्रमा चुनावी र्‍यालीहरुमा सहभागी भएका थिए।

 

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद गान्धीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?