कोरोना अपडेट: एक हजार ७३६ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ- आज (पछिल्लो २४ घण्टामा) एक हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस  अवधिमा ११ जनाको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः एक हजार ६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन्।

यस्तै २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या ३ हजार १०२ जना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?