अर्घाखाँचीमा भएको बस दुर्घटनामा २ को मृत्यु, ६१ जना घाइते

अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ सापडाँडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६१ जना घाइते भएका छन् भने २० को अवस्था गम्भीर छ ।मुत्यु हुनेमा मालारानी ३ सापडाँडाका अन्दाजी १२ वर्षिय अभियान आचार्य र मालारानी २ गर्छाकी सुनिता विक रहेका छन् ।अर्घाखाँचीको डाँडाकटेरीबाट रूपन्देहीको बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस सापडाँडामा करिब एक सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । सडक साघुरो भएका कारण दुर्घटना भएको जनाईएको छ । प्रहरीले घाइतेहरुको उद्धार गरिरहेको प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालले जानाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?