कपिलवस्तुमा ट्रक र बस ठोक्किँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा ट्रक र बस ठोक्किँदा भएको दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।

बुद्धभूमि नगरपालिका ९ चम्पापुरस्थित सडकमा ना ४ ख ३१२ नम्बरको ट्रक र लु १ ख ५६८४ नम्बरको बस एकआपसमा ठक्कर खाई आज (मंगलवार) बिहान दुर्घटना हुँदा ट्रक र बस चालक समेत २२ जना घाइते भएका हुन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?