काठमाडौं जिल्ला प्रशासनको १३ बुँदे निर्देशन, पालना नगरे कारवाही

काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १३ बुँदे निर्देशन जारी गरेको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि प्रशासनले १३ बुँदे निर्देशन जारी गरेको हो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क लगाउन अनुरोध गरिएको छ।

प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?