अब अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्छ : प्रचण्ड

लोकपथ
0
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका छन् ।

आज मंगलवार युथ फर नेशन को आयोजनामा भएको अन्र्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका हुन् ।

उनले भने ‘वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौँ । हामीले अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ । अनि मात्रै एउटा समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’

अहिले विश्वको तापक्रम बढेकाले हिउँ पग्लिने प्रक्रिया तिव्र गतिमा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो गतिलाई रोक्न नसके विश्व मानव समुदायलाई ठुलो नकारात्मक असर पर्ने तथ्यांकहरु सार्वजनिक भएको सन्दर्भमा वातावरणको संरक्षणका निम्ति नेपाली अध्यता र विज्ञहरुले गरेको मेहनत सराहनीय रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?