सांग्रीला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीलाई २ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम प्रदान

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरेको हो ।

कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ ।

दुईदिने कार्यक्रमको समापनको अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयम्को तथा बैंकको दिगो विकासमा योगदान हुने बताए ।

यसैगरी, उनले यस्ता कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता तालिम कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए ।
कार्यक्रम काठमाडौंकोे बालवाटारमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए ।
तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नै प्रमाणपत्र प्रदान गरेका थिए ।

मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस पालना गर्दै आएको बैंकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?