सरकारी निर्णयसँगै काठमाडौं उपत्यकाका विद्यालय बन्द (फोटोफिचर)

लोकपथ
39
Shares

काठमाडौं–कोरोना संक्रमण बढेसँगै सरकारले देशका प्रमुख शहरका बिद्यालय बन्द गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यकाका बिद्यालयहरु आजबाट बैशाख मसान्तसम्म बन्द भएका छन्।

सोमवार बसेको मन्त्रिपषिद बैठकले बैशाख महिनाभर देशका प्रमुख शहरहरुका बिद्यालय, कलेज लगायतका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । सरकारले बालबालिकामा कोरोनाको संक्रमण जोखिम रहेको भन्दै १४ जिल्लाका विभिन्न सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वैशाख मसान्तपछि अवस्था हेरेर सरकारले थप निर्णय लिने बताइएको छ।

यस अघि पनि कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि देशभरका विद्यालय बन्द गरिएको थियो । त्यसपछि २०७७ माघदेखि मात्रै पूर्णरूपमा भौतिक उपस्थितिका कक्षा सञ्चालन सुरु भएको थियो । बिद्यालय बन्द भएसँगै अब    अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले विद्यालय बन्द रहेपनि वैकल्पिक तरिकाबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

तस्वीरः दिपक विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?