गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

RSS
7
Shares

गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना संक्रणमबाट आज (मंगलवार) मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

“बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भने, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमवार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो ।

भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताए । कोरोना संक्रमणबाट मृत्यु भए ती पुरुषको सम्पर्कमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब संकलनको तयारी भइरहेको उनले जानकारी दिए ।

संक्रमितको सम्पर्कमा रहेकार्लाइ सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब संकलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?