इन्डोनेसियामा ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

लोकपथ
0
Shares

काठमाडौं । इन्डोनेसियाको नियासमा ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । आज मंगलवार गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको यूरोपीयन(भूमध्य भूकम्पीय केन्द्र (ईएमएससी) ले जनाएको छ ।

उत्तरी सूमात्रामा ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको केही बेरमै पछिल्लो भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पले भएको क्षतिको विवरण आइनसकेको समाचारमा जनाइएको छ ।

इन्डोनेसियामा पछिल्लो ३० दिनमा ६ म्याग्निच्यूड र त्यो भन्दा माथिका ४ वटा भूकम्प गए भने ५ देखि ६ म्याग्निच्यूडका भूकम्प १८ वटा गएका थिए ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?