ओलीको ‘एक्सन’ पछि नेपाल-खनाल पक्षको ‘इमर्जेन्सी मिटिङ’

काठमाडौं-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षका सांसदहरु आकस्मिक छलफलमा जुटेका छन् ।

अहिले बानेश्वरस्थित एक होटेलमा बैठक भइरहेको एक नेताले जानकारी दिए । खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपाल  पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोध्दै पत्र पठाएका थिए।

कांग्रेस-माओवादीबाट प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्ने संकेत पाएपछि ओलीले स्पष्टिकरण सोधेका हुन्। यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई स्पष्टीकरण मागेको हो।

सोमवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?