बाँकेमा आगामी ९ गतेदेखि लकडाउन गर्ने सहमति

काठमाडौँ- बाँकेमा आगामी बिहीवार (वैशाख ९) देखि लकडाउन गर्ने सहमति भएको छ। कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले एक हप्ता लकडाउन गर्ने निर्णय गर्दै लकडाउन गर्न सिफारिस गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए।प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताए। कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ।

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?